Insurance Advisor

Most Read Local News
Most Read Nepal News
Latest Photo Album
बीस वर्षपछि बलेवा विमानस्थलमा प्लेन अवतरण, अब नियमित
Published on Thursday, 05 January 2012 11:29 | Written by रुबी गुरुङ, सम्बाददाता, पोखरा, नेपाल |
|
| Hits: 468
|
| Hits: 468
बाग्लुङ, पुस २०- बाग्लुङस्थित बलेवा विमानस्थलमा २० वर्षपछि विमान अवतरण भएको छ। परीक्षणस्वरुप गरिएको यो उडान सफल भएपछि आजै दोस्रो उडान हुने जानकारी दिइएको छ। पछिल्लो
उडानमा शिक्षा मन्त्री दीनानाथ शर्मालगायत् यात्रु सहभागी हुनेछन्।नेपाल वायुसेवा निगमको ९एन एडिएफ ट्विनअटर जहाज पोखराबाट १० मिनेटमा बलेवा पुगेको थियो।
जबकि पोखराबाट बसमा बाग्लुङ आउँदा साँढे २ घन्टा समय लाग्छ। अब पोखरा-बाग्लुङ उडान नियमित गरिने जानकारी पनि दिइएको छ। क्याप्टेन सुभाष रिजाल नेतृत्वको टिमले उक्त उडान सफलपूर्वक सम्पन्न गरेको थियो।
शिक्षा मन्त्री गणेश माविको वार्षिकोत्सवमा सहभागी हुन आउन लागेका हुन। उनीसँग पर्यटन मन्त्री पनि आउने सम्भावना रहेको तर निश्चित भने नभइसकेको विमानस्थलले जनाएको छ।
२० वर्षअघि पोखरा-बाग्लुङ राजमार्ग निर्माण भएपछि यहाँ उडान बन्द भएको थियो।
Category: नेपाली समाचार


















