Get Adobe Flash player

#1 Nepali Realtor

purna_adv.gif

Insurance Advisor

durgga.gif



विमानस्थलमा भीषण आगलागी, आन्तरिक तथा बाहृय उडान अवरुद्ध

b_250_150_16777215_00___images_news_nepali_nepal-airport-fire-2012.jpgकाठमाडौँ, माघ २४ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार साँझ भीषण आगलागी भएको छ।
विमानस्थल 'रन वे'को पूर्व क्षेत्रबाट साँझ ६ बजे लागेको आगोका कारण आन्तरिक तथा बाहृय सम्पूर्ण उडान प्रभावित भएका थिए।
कोटेश्वर पेप्सिकोला नजिकैको घाँसे मैदानबाट सुरु भएको आगो विमानस्थलभित्र सल्केपछि त्यहाँ तैनाथ सुरक्षाकर्मी तथा कर्मचारीले दमकलको सहयोगमा डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी विमानस्थल सुरक्षागार्डका प्रमुख नायब महानिरीक्षक -डीआईजी) नारायण वास्ताकोटीले जानकारी दिनुभयो।
विमानस्थलभित्र बाक्लो सुकेको खर, झाडी र झारपातका कारण आगोले भीषण रूप लिएको थियो। डीआईजीका अनुसार आगलागी नियन्त्रण गर्न काठमाडौँ महानगरपालिका, विमानस्थल र नेपाल प्रहरीको गरी करिब आठवटा दमकल प्रयोग गरिएको थियो। आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन।
विमानस्थलबाहिरको घाँसे मैदानमा थुपारिएको फोहरबाट आगो सल्केको हुन सक्ने स्थानीयवासीले बताए पनि यसको पुष्टि हुन सकेको छैन। डीआईजी वास्ताकोटीले भन्नुभयो, घाँसमा कसैले चुरोट सल्काएर फालेको हो वा नियतवस आगो नै लगाएको हो, अनुसन्धान भइरहेको छ।
उक्त आगलागीका कारण साँझ ६ बजेदेखि ७:३० बजेसम्म विमानस्थल आसपासको क्षेत्र तनावमय भएको थियो। आगलागीबाट मानवीय क्षति नभए पनि हवाईसेवा अवरुद्ध हुनुका साथै त्यस क्षेत्रको यातायात सेवासमेत प्रभावित भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
 

Find Us On

index.jpg

Top Producer

ktimnew.gif




Kathmandu Restaurant, Toronto

krcard.gif

Advertisement

प्रचार  प्रसारको   लागी हामीलाई सम्पर्क गर्नु होस 
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.


abhjt.jpg


aviva1.jpg


everest-advertisement1.jpg


hb_%20acco1.jpg


skmpaji1.jpg


shangrila20restaurant.jpg


ANA 2012 Texas USA

anatexas-banner750x300.jpg

Banner Exchange

You are visitor No.
001273381

We have 3 guests and no members online