Get Adobe Flash player

#1 Nepali Realtor

purna_adv.gif

Insurance Advisor

durgga.gif



नलिना र रतन संग नयाँ वर्ष कार्यक्रम सफलतापूर्वक समपन्न


b_250_150_16777215_00___images_events_new_year_eve2.jpgबिशाल टोरन्टो का नेपाली समुदायको मनोरञ्जनका लागी विभिन्न समयमा बिभिन्न नेपाली संस्थाहरुले बिभिन्न कार्यक्रमहरु गर्दै आए तापनि दशैं र जुलाई एक (क्यानाडा डे) को पिकनिक बाहेक अरु कार्यक्रमको कुनै निश्चित हुदैन संस्थाका  बिभिन्न समस्या, बाध्यता र समयको अभावले नेपाली र अंग्रेजी नयाँ वर्ष कुनै वर्ष मनाइन्छ भने कुनै वर्ष मनाईदैना|
विशाल टोरंटोमा सवारी साधन चलाउन सिकाउने कम्पनी मिलेनियम ड्राइभिंग स्कूल र क्यानाडामा नेपाली वेभ साइट संचालन गर्ने समूह टोरोन्टो नेपाल डट कम ले मिलेर पुरानो वर्ष २०११ लाइ विदाई गर्दै नयाँ वर्ष २०१२ को स्वागतार्थ वर्षको अन्तिम दिन ३१ डिसेम्बर २०११ का दिन एउटा भव्य सांगीतिक साँझ कार्यक्रमको आयोजना गरेर टोरोन्टोका नेपाली समुदायलाइ भरपुर मनोरन्जन दिएको थियो|

न्यू इएर ईभ सेलेब्रेसन पार्टीको नामबाट आयोजित यस कार्यक्रमको आकर्षक बनेका थिए गायिका नलिना चित्रकार र हास्य कलाकार तथा गायक रतन सुबेदी| यी ख्यातिप्राप्त कलाकारहरुका साथै यहाँका स्थानिय कलाकारहरु मिङ्गमार शेर्पा, रामकाजी मोक्तान, रबि न्यूरे, आदि याक्थुम्बा, बिधान बर्मा, ईश्वर थापा र चर्चित लोक गायक बुद्धिसागर बस्यालको प्रस्तुतिले दर्शकहरुलाई बारम्बार आफ्नो ठाउँबाट उठेर नाच्न बाध्य गराएको थियो|कार्यक्रमको प्रारम्भमा ईश्वर चन्द राजनले स्वागत गर्नु भएको थियो भने एन.आर. एन क्यानाडाका उपाध्यक्ष गोपाल भण्डारीले शुभ कामना व्यक्त गर्नु भएको थियो|

कार्यक्रमको थालनीमा आयोजकका तर्फबाट एन.सी. सी. एसका अध्यक्ष सुशिला भण्डारीले गायकद्वय नलिना चित्रकार र रतन सुबेदी संगै रागा मोडलको संस्थाको आयोजनामा भएको मिस साउथ एसिया क्यानाडा २०११ बनेकी सुश्री सचेल मितू, संस्थाका प्रमुख सरबप्रित मिन्हास र मोडेल सिरिन मालालाइ खादा प्रदान गरेर स्वागत गरेका थिए भने कार्यक्रमको मध्यमा टोरोन्टो नेपाली फिल्म फेस्टिवलका संयोजक सुरेन्द्र लावती, श्रीजना पन्त र मिस साउथ एसिया क्यानाडा २०११ कि नेपाली मोडेल मिस क्याट वाल्क सुश्री नेहा मिश्रलाइ पनि खादा प्रदान गरेर स्वागत गरिएको थियो, सोहि क्रममा टोरोन्टो नेपाली फिल्म फेस्टिवलका संयोजक सुरेन्द्र लावतीले  आउदो २०१२ मार्च १७ तारिखका दिन तेस्रो टोरोन्टो नेपाली फिल्म फेस्टिवल हुन् गइ रहेको जानकारी गराउनु भएको थियो|

 
साँझ ८ बजे देखि शुरु भएको नव वर्ष २०१२ को मनोरन्जनात्मक कार्यक्रम निरन्तर साढे एक बजे सम्म चली रहेको थियो, ठिक बाह्र बजेको संकेत पाएपछि उपस्थित सबै दर्शकहरु सामुहिक नृत्यमा रमाउदै एक अर्कालाइ नववर्षको शुभ कामना आदानप्रदान गर्दै थिए| सो कार्यक्रममा एन्डी शेर्पा द्वारा प्रायोजित फ्री डोर प्राइज टच स्क्रिन ट्याब्लेट चिट्ठा निकाल्दा मिसिसागा, माल्टन निवासी मोहन सापकोटाले पुरस्कार पाएका थिए भने सो कार्यक्रम गायक बुद्धिसागर बस्याल र संचारकर्मी डा.गोविन्द सिंह रावतले संचालन गरेका थिए|

Find Us On

index.jpg

Top Producer

ktimnew.gif




Kathmandu Restaurant, Toronto

krcard.gif

Advertisement

प्रचार  प्रसारको   लागी हामीलाई सम्पर्क गर्नु होस 
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.


abhjt.jpg


aviva1.jpg


everest-advertisement1.jpg


hb_%20acco1.jpg


skmpaji1.jpg


shangrila20restaurant.jpg


ANA 2012 Texas USA

anatexas-banner750x300.jpg

Banner Exchange

You are visitor No.
001273380

We have 3 guests and no members online