Published on Friday, 13 January 2012 05:09 | Written by Ishawar Thapa | | | Hits: 610
जनवरी ७, २०१२ शनिवारका दिन क्यानाडाको मिसिसागा शहरमा क्यानेडियन जनजाती संघको वार्षिक साधारण शभा समपन्न भएको छ, सो कार्यक्रममा संस्थाका अध्यक्ष परसु राइले स्वागत भाषण गर्नु भयो| वर्ष २०११ भरिको प्रगति विवरण का साथै आय व्यय संघका महासचिव दिपक गुरुङले पेश गर्नु भयो, सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष आंगबरु शेर्पा, सल्लाहकार चन्द्र राइ, एन.आर. एन क्यानाडाका उपाध्यक्षहरु गोपाल भण्डारी र गिरी बुढाथोकी, एन. सी.सी. एसका अध्यक्ष शुसिला भण्डारी तथा अन्य उपस्थित व्यक्तिहरुले आफ्ना मन्तव्य हरु व्यक्त गरेका थिए भने अन्त्यमा सल्लाहकार निर गुरुङले धन्यवाद व्यक्त गरेका थिए, सो कार्यक्रमकै दौरानमा टोरोन्टो नेपाली फिल्म फेस्टिवलका क्युरेटर सुरेन्द्र लावतीले छोटो लघु चलचित्र मलामी प्रदर्शन गरेका थिए भने कार्यक्रम संचालन तेन्जिंग भुटियाले गरेका थिए|