Get Adobe Flash player

#1 Nepali Realtor

purna_adv.gif

Insurance Advisor

durgga.gif



गुरुङ समाज नई दिल्ली, भारतले तमु मुप्री(गरुड) ल्होसर (गुरुङ नयाँ बर्ष) भब्य रुपमा मनाए

गुरुङ समाज नई दिल्ली, भारतले तमु मुप्री(गरुड) ल्होसर (गुरुङ नयाँ बर्ष) भब्य रुपमा मनाए १ जनवरी २०१२, नयाँ दिल्ली | गुरुङ्गहरुकोतमु  (मुप्री ल्हो {गरुड वर्ष }२५९५  ल्होसारको पावन अवसरमा दिल्ली मा रहेका गुरुङ्गहरुले विभिन्न कार्यक्रमका साथ भब्य रुपमा आफ्नो धर्म, भाषा

र सँस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले तमु ल्होसार(गुरुङ नव बर्ष) मनाएका छन ।पहिलो चरण : बिहान ८ बजे देखि १२ बजे सम्म गुरुङ समाज नई दिल्ली, भारतले तमु मुप्री(गरुड) ल्होसर (गुरुङ नयाँ बर्ष) भब्य रुपमा मनाए पच्यु  गुरु यमन ल्हो गुरुङ द्वार छोप तेहें (ल्हो ग्रह शान्ति पुजा) गरि १२ बजे देखि १ बजे सम्म सबै तमुहरु तथा तमु मित्र र अतिथिहरुलाई रुपा (गलमा रक्क्षा बन्धन)  लगाइ  आशिर्बाद  दिएको थियो |

दोश्रो चरण : १ बजे देखि ३ बजे सम्ममा लन्च गुरुङ खाना गुमाउने सेल रोटी मुलाको अचार खसी को मासु, दाल भात तरकारी बनाएको थियो | लगभग १००० जनाको लागि सेल रोटी र मुलाको अचार दिल्ल्लीमा रहेका आमा, दिदी, बहीनी, छोरी र चेलीबेटी हरुले बनाएका थिए|

तेश्रो चरण : संस्कृतिक कार्यक्रम | तमु प्राथन  को साथ थुप्रै गुरुङ गीतमा  नृत्य भएको थियो.

गुरुङ्ग सेवा समीती  दिल्लीका अध्यक्ष रण ब. गुरुङ्गले अध्यक्षता गरेको उक्त कार्यक्रममा बुटवल नेपाल बाट आएका गुरुङ्ग भाषाका गुरुङ समाज नई दिल्ली, भारतले तमु मुप्री(गरुड) ल्होसर (गुरुङ नयाँ बर्ष) भब्य रुपमा मनाए खेमा लिपिकार बाल नरिसंह पल्जे गुरुङ्ग मुख्य अतिथी र पोखरा नेपालबाट आएका तमु पच्यु  गुरुज्यु यमन ल्हों गुरुङ्ग विशिष्ट अतिथी रहेको उक्त कार्यक्रमको संचालन गुरुङ सेवा समीतीक महा सचिव खुम ल्हों गुरुङ्गले गरेका थिए । अन्य विशिष्ट अतिथीहरुमा बिष्णु गुरुङ्ग उत्तम क्षेत्रि नेपाली समाज सेवा समितिका घनश्याम शर्मा हेल्प नेपाली मिशनका कवि कार्कि एन्द्र्यु गुरुङ्ग, राजा राई र पत्रकारहरु क्रमशः नेपाल दर्शन साप्ताहिक तथा इंडिया-नेपाल-अनलाइन डट कमका सह-सम्पादक गोबिन्द पोखरेल, नारी साजालकी ललिता क्षेत्रि, अन्नपुर्ण पोष्टका दिल्ली प्रतिनिधि राम कुमार कामथ नेपाल १ टेलिभिजनका रुवेन गुरुङ्गलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

गुरुङ समाज नई दिल्ली, भारतले तमु मुप्री(गरुड) ल्होसर (गुरुङ नयाँ बर्ष) भब्य रुपमा मनाए कार्यक्रममा मुख्य अतिथिले विशेष रुपमा गुरुङ्गहरुका बर्ष भरिमा ६ पर्वहरु रहेका छन भन्दै तिनिहरुको बारेमा प्रकाश पारेका थिए उनका अनुसार पहिलो पर्व पौष १५ ल्होसार (नव बर्ष)पर्व र नयाँ बर्षको रुपमा मनाइने गरिन्छ भन्दै उनले थपे दिल्लीको कार्य शैलीलाई मध्यनजर गरि आज आइतवार १७ पौषमा मनाइएको हो तर विशेष रुपमा पौष १५ कै मनाइने गरिन्छ, दोस्रो पर्व माघे संक्रान्ति दिदि बहिनी बोलाउने दिन तिज र तिहार जस्तै गरि मनाइने, तेस्रो फाल्गुण १५ लाई मनाइने र यसमा धनुष बाण चलाउने लगायत अन्य विभिन्न खेलहरु खेलिने, चौथो पर्व बैशाख पुर्णिमा जसलाइ विधान बनाउने अर्थात निति नियमहरुको तर्जुमा गरिने, पाचौ पर्व जेष्ठ पुर्णिमा अर्थात गुरु पुर्णिमा जसमा विशेष रुपमा गुरुङ्ग जातिका गुरुहरुको पुजा गर्ने दिन र छैठौ पर्वको रुपमा श्रावण पुर्णिमा राज्य जित्ने दिनका रुपमा मनाइने भन्ने कुरालाई प्रस्टयाएका थिए ।

कार्यक्रममा बिष्णु गुरुङ्गले स्वागत मन्तब्य दिदै कुनैपनि जातिले आफ्नो भाषा र सँस्कृतिप्रति सहि सोंच राखेन भने त्यो समयको अन्तरालपछि स्वतह लोप भएर जाने कुरालाइ उजागर गर्दै कुनैपनि भाषा जिउदो रहनका लागी त्यस भाषामा लिपि हुनु अति आवश्यक हुन्छ उनले थपेका थिए । उत्तम क्षेत्रीले नेपाली टोपी लगाएका तमुहरु नेपाली राष्ट्रियताप्रति कटिबद्ध एउटा समुदाय हो जस्तो लाग्दछ मेरो बुझाइमा भन्दै उनले अगाडि थपे यसरी सानो सानो समुदायबाट समाज बन्दछ र समाजबाट एउटा सिंगो राष्ट्र निर्माण हुन्छ । दार्जिलिंगमा जन्मेर र हुर्केका एण्ड्रयो गुरुङ्गले हाम्रो दार्जिलिंगमा राई र लिम्बुहरु आफ्नो भाषामा कुरा गर्दा हामीलाई पनि आफ्नो भाषा मा कुरा गर्न मा लाग्थ्यो| गुरुङ आफ्नो भाषाको बारेमा बाबाहरुसँग जिज्ञाशा राख्दा वहाँहरुले  हामीलाई भन्ने गर्नु हुन्थ्यो हाम्रो भाषा छ तर हाम्रो बाजेहरुले नेपालमै छोडेर आएछन भन्दा दर्शकहरु सबैले हाँसेका थिए । विशिष्ट अतिथी पच्यु गुरु यमन गुरुङ्गले भने आफ्नै तमु भाषामा सम्पूर्ण दिल्लिबसी तमुहरु तथा अथि हरुलाई स्वागत सम्बोधन गर्दै तमु मुप्री(गरुड) ल्होसारको हार्दिक शुभकामना दिनु भयको थियो ।

बोल्ने कार्यक्रमको अन्त्य भएपछि संचालकले सांस्कृतिक कार्यक्रम संचालनका लागी माइक साँस्कृतिक टोलीलाई दिएका थिए । सांस्कृतिक कार्यक्रमको प्रमुखको रुपमा प्रवासी नेपालीहरुका विचमा परिचित बरिष्ठ कलाकार जब्बर सिंह गुरुङ्गको उपस्थितीलॆ साँस्कृतिक कार्यक्रम पनि कम रोचक थियो भन्न मिल्दैनथ्यो, भारतमा जन्मेर हुर्केक तमु छोरा छोरी जो नेपाली र गुरुङ भाषा बोल्न र बुझ्ना नजान्ने हरुले गुरुङ भेष-भुषामा गुरुङ भाषाको गीतमा नाचेर दर्शक लाई चकित परेको थियो भने अर्कोतिर नेपाली र हिन्दी भाषाको   गित र नृत्यहरुले गर्दा कार्यक्रम ज्यादै रोचक बनेको  थियो ।

तमु मुप्री ल्होसार महोत्सव गुरुङ सेवा समीती दिल्लीले नयाँ दिल्लीको नानकपुरा साउथ मोतिबाग स्थित दिल्ली नगर निगमको गृह कल्याण केन्द्रको हलमा  मनाएका थिए ।

b_250_150_16777215_00___images_nepal_IMG_7311.jpg

 

b_250_150_16777215_00___images_nepal_IMG_7338.jpg

more photos visit india-nepal-online.com click here

Find Us On

index.jpg

Top Producer

ktimnew.gif




Kathmandu Restaurant, Toronto

krcard.gif

Advertisement

प्रचार  प्रसारको   लागी हामीलाई सम्पर्क गर्नु होस 
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.


abhjt.jpg


aviva1.jpg


everest-advertisement1.jpg


hb_%20acco1.jpg


skmpaji1.jpg


shangrila20restaurant.jpg


ANA 2012 Texas USA

anatexas-banner750x300.jpg

Banner Exchange

You are visitor No.
001273378

We have 4 guests and no members online